सलाम छ यी सहयोगी हातहरु :
स्कुलको पढेर उनी कोठा फर्किदै थिईन् । पानी परिरहेको थियो सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन ।
पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन् ।
उनी सँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन्। हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् । ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन्। उनी पुग्नुभन्दा अघिनै भलको पानीमा अड्किएका ती मानिउस उनको ह्विलचेयरलाई चारै तिरबाट हेरिरहेका थिए। तर, कोही ढलको पानीमा छिरेका थिएनन्।
सुजाताले मन थाम्न सकिनन् उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका ती मानिसलाई तान्न अघि सरिन्। ढलको पानीमा ह्विलचेयरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए । तर, जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले। ‘तर मैले उहाँले भनेको कुरा मानिनँ मैले जबरजस्ती ह्विलचेयर समाएर तानें,’ गोलेले भनिन्। गोले आफूमा सानैदेखि सेवाभाव भएको बताउँछिन् ।
अरुको सेवा गर्दा आफू मर्न परेपनि परोस जस्तो लाग्छ। ‘गड’ ले हामीलाई हेल्प गर्नुहुन्छ। विद्यालयमा पढ्दैमा विद्यार्थी भइदैन। विद्यार्थी भन्ने वित्तिकै विद्यालयमा आयो। पढ्यो, हल्ला गर्यो। जाँचमा राम्रो नम्बर ल्याउदैमा विद्यार्थी बनिदैन। विद्यालयबाट दिएको ज्ञान हासिल गरेर चारित्रिक रुपमा विकास गर्नुपर्छ अनिमात्र देशभक्त बन्न सकिन्छ । सुजाता गोलेको भनाइ रहेको छ ।