देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला

MY SELF

Hello im S KUMAR BAIDHYA i leave at geruwapalika n. 1 ( bardiya Nepal ) I spent my childhood in Bardiya.

Monday, August 28, 2017

SK THARU GALLERY




Saturday, August 26, 2017

अट्‍वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना



अट्‍वारी ( थारु पर्व )

अट्‍वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना २०७४ र तपाइ हरुहो अट्‍वारी सुभ र सुखमय रहोस ......
अट्‍वारीका ब्रतालुहरु वा घरपरिवारले शनिवारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया। भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । उनीहरु २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गरि  यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्ट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ । सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु सेवन गर्छन् ।

थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ  मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरु प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपरी बितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन। गर्नु हुँदैन भन्ने मान्यता छ ।

Sunday, August 20, 2017

अन्दिक जारको झोल //Andik jaar ko jhol


अन्दिक जारको झोल // Andik Jaar ko Jhol  
  अन्दिक जारको झोल // Andik Jaar ko Jhol  यो एउटा चामल बाट बनाइएको पेय पद्दार्थ हो । यो जारको झोल ( छ्याङ्ग ) थारु समुदाय बढी मात्र पाइन्छ यसको स्वाद र जति खायो उति नै मिठो ................. यो छ्याङ्ग थारु समुदायमा सबै भन्दा  लोकप्रिय रहेको  छ ।। 

Monday, August 14, 2017

थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074

      थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074

थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो । ‘अष्टिम्की’ प्राय दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले मान्ने गर्दछन ।
S KUMAR BAIDHYA
          

अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ ।


अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन् । अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने गर्छन यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर,  लिएर लाइबद्ध रुपमा मान्यजन अथवा समुदिक घरमा जान्छन ।।


 यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि रातभरि सामुहिकमा अष्टिम्कीको गीत गाइन्छ । अष्टिम्कीमा गाइने गीत :
हरे पहिल छ सिर्जल जल थल धरती
 सिरीजी ट गइल हो कुशकै डाब २
 सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २.......


यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको  दियो ‘दिप पज्वलन ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन फूल एकसाथ वगाउने गर्छन । यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा गइ घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने भनिन्छ ।।

      
श्री कृष्णा जन्म अष्टमी खुसि का साथ मनाउने गर्छन ।।


Saturday, August 12, 2017

बाके ,बर्दिया ,कैलाली ,कंचनपुर बासिलाइ सचेत रहन आग्रह .......।।



अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले बाके बर्दिया कैलाली कंचनपुरमा घर डुबान र सप्तरीका हजारभन्दा बढी घर डुबानमा पर्दै ।
                                           
सुक्रबार देखि लगातार अविरल वर्षाको कारण बर्दियामा ८०% भू-भाग जलमग्न रहेको छ बर्दियामा हिजो र आज गरेर २ जनाको ज्यान गई सकेको छ । हिजो बारबर्दिया नगरपालिका १० गन्दर्भ टोलका २९ वर्षिय राजेन्द्र थारुको मृत्‍यु भएको थियो भने आज ठाकुरबाबा नपा.को सत्घरुवामा घर भत्किदा एक जनाको ज्यान गएको खबर छ । मधुबन गाउपलिका पनि जलमग्न रहेको छ ।। 
बर्दियाको ८० प्रतिशत भन्दा बढी भाग जलमग्न छ । पानी परीरहेकाले अझै बढी भाग डुबानमा पर्ने सम्भावना छ सबैलाई आग्रह  टाइम मै सतर्क रहनु होला ।।

                                                                बाढीका केहि झलकहरु 






Sunday, August 6, 2017

अपहरणमा परेका बालक विशाल चौधरीले त्यो कालो दिनहरु यसरी सम्झिए ।











                        अपहरणमा परेका बालक विशाल चौधरीले त्यो कालो दिनहरु यसरी सम्झिए ।

           

Thursday, August 3, 2017

तिमी नहुदा ll नेपाली गजल

 
तिमी नहुदा 

थाहा छैन मलाई के छ तिमीमा 
थिम्रो सामु यो मन आफै बोल्छ 
तिमी नहुदा यो मन जल्छ ।

                                 किन हो किन यस्तो नाता गहिरियो 
                                  शायद अर्कै जन्मको माया दोहोरियो 
        तिम्रो सामु काढा फुल बन्छ 
         तिमि नहुदा यो मन जल्छ ।।

                      इच्क्षा हो त्यो सजिलै मनलाई जिती दिने 
                      आसु हो यो जिबनको मर्म बुझी दिने 
                       थाहा छैन मलाइ के छ तिमीमा
                     तिम्रो आसु सुखको आभास मिल्छ 
                     तिमि नहुदा यो मन जल्छ ।।

                                                                               एस के थारु ग्यालरी

Wednesday, August 2, 2017

रेणुलाई फेसबुकबाट गाली गरेको आरोपमा देवीका छोरा पक्राउ


देवी ज्ञवालीका छोरा निरव ज्ञवाली स्टाटस एक्सन का रियाक्सन सोसल मिडियामा  
काठमाडौं। चर्चामा रहेको भरतपुर महानगरपालिकाका मेयर पदका एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ परेका छन् । 
भरतपुरमा पुनः मतदान हुन दुई दिन बाँकी हुँदा ज्ञवालीका छोरा निरब ज्ञवाली पक्राउ परेका हुन् ।
पितासँग मेयर पदमा प्रतिस्पर्धामा रहेकी माओवादी उम्मेदवार रेणु दाहाललाई सामाजिक संजालमार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई राजधानीबाटै प्रहरीले नियन्त्रणमा लिएको उनका पिता देवी ज्ञवाली लाइ ठुलो झट्का लागेको छ 
सामाजिक संजालमा रहेको स्टाटस महिला केहि गर्न सक्दैनन् भन्ने आरोप लगाइएको छ । महिला माथि अत्याचार भएको छ ।। रेणु दाहाल र सम्पूर्ण नेपाली नारि माथि अत्याचार भो नारि माथि यस्तो स्टाटस लेख्ने निरब ज्ञवाली नारि माथि सम्मान गर्न सिख्नु पर्छ । । महिला माथि अत्याचार भएको जानकारी आएको छ ।

पालो कहिले काले को कहिले गोरेको आउँछ, समया सधै एकनास हुदैन, सामाजिक संजाल मा गालिबेइजती, अस्लिल शब्द बोल्नु जघन्या अपराध त हो !!  
संकट को समयमा मा धर्य गर्नु नै आधा लडाइँ जित्नु हो। यसरी गाली नै गर्नुपर्ने के आवश्यक थियो ।
देबी ज्ञवाली जी तपाइले दिएको शिक्षा यहि हो आफ्नो छोरोलाई सभ्य बनौन नसक्ने ज्ञवाली ले के देश बनाउन  सक्छ ।। भन्ने कमेन्ट आइरहेको छ ।।   

Tuesday, August 1, 2017

मलेसियामा २ युवती यसरी आत्महत्या गरे

पुरा भिडियो हेर्न लिंक मा क्लिक गर्नु होस 
https://youtu.be/ukY8PquNPHk
   
  

Two girl suicide in malesiya full video 

मलेसियामा २ युवती यसरी आत्महत्या गरे पुरा भिडियो हेर्नु होस ।।

SK THARU GALLERY