देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला

MY SELF

Hello im S KUMAR BAIDHYA i leave at geruwapalika n. 1 ( bardiya Nepal ) I spent my childhood in Bardiya.

Monday, August 14, 2017

थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074

      थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074

थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो । ‘अष्टिम्की’ प्राय दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले मान्ने गर्दछन ।
S KUMAR BAIDHYA
          

अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ ।


अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन् । अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने गर्छन यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर,  लिएर लाइबद्ध रुपमा मान्यजन अथवा समुदिक घरमा जान्छन ।।


 यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि रातभरि सामुहिकमा अष्टिम्कीको गीत गाइन्छ । अष्टिम्कीमा गाइने गीत :
हरे पहिल छ सिर्जल जल थल धरती
 सिरीजी ट गइल हो कुशकै डाब २
 सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २.......


यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको  दियो ‘दिप पज्वलन ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन फूल एकसाथ वगाउने गर्छन । यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा गइ घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने भनिन्छ ।।

      
श्री कृष्णा जन्म अष्टमी खुसि का साथ मनाउने गर्छन ।।


0 comments:

Post a Comment

SK THARU GALLERY