देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला

MY SELF

Hello im S KUMAR BAIDHYA i leave at geruwapalika n. 1 ( bardiya Nepal ) I spent my childhood in Bardiya.

Saturday, August 26, 2017

अट्‍वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना



अट्‍वारी ( थारु पर्व )

अट्‍वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना २०७४ र तपाइ हरुहो अट्‍वारी सुभ र सुखमय रहोस ......
अट्‍वारीका ब्रतालुहरु वा घरपरिवारले शनिवारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया। भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । उनीहरु २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गरि  यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्ट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ । सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु सेवन गर्छन् ।

थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ  मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरु प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपरी बितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन। गर्नु हुँदैन भन्ने मान्यता छ ।

0 comments:

Post a Comment

SK THARU GALLERY