Monday, August 28, 2017
Saturday, August 26, 2017
अट्वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना
अट्वारी ( थारु पर्व )
अट्वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना २०७४ र तपाइ हरुहो अट्वारी सुभ र सुखमय रहोस ......
अट्वारीका ब्रतालुहरु वा घरपरिवारले शनिवारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया। भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । उनीहरु २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गरि यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्ट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ । सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु सेवन गर्छन् ।
थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरु प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपरी बितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन। गर्नु हुँदैन भन्ने मान्यता छ ।
Sunday, August 20, 2017
अन्दिक जारको झोल //Andik jaar ko jhol
अन्दिक जारको झोल // Andik Jaar ko Jhol
अन्दिक जारको झोल // Andik Jaar ko Jhol यो एउटा चामल बाट बनाइएको पेय पद्दार्थ हो । यो जारको झोल ( छ्याङ्ग ) थारु समुदाय बढी मात्र पाइन्छ यसको स्वाद र जति खायो उति नै मिठो ................. यो छ्याङ्ग थारु समुदायमा सबै भन्दा लोकप्रिय रहेको छ ।।
Monday, August 14, 2017
थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074
थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074
थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो । ‘अष्टिम्की’ प्राय दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले मान्ने गर्दछन ।
S KUMAR BAIDHYA
अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ ।
अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन् । अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने गर्छन यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर, लिएर लाइबद्ध रुपमा मान्यजन अथवा समुदिक घरमा जान्छन ।।
यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि रातभरि सामुहिकमा अष्टिम्कीको गीत गाइन्छ । अष्टिम्कीमा गाइने गीत :
हरे पहिल छ सिर्जल जल थल धरती
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २.......
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २.......
यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको दियो ‘दिप पज्वलन ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन फूल एकसाथ वगाउने गर्छन । यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा गइ घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने भनिन्छ ।।
श्री कृष्णा जन्म अष्टमी खुसि का साथ मनाउने गर्छन ।।
Saturday, August 12, 2017
बाके ,बर्दिया ,कैलाली ,कंचनपुर बासिलाइ सचेत रहन आग्रह .......।।
अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले बाके बर्दिया कैलाली कंचनपुरमा घर डुबान र सप्तरीका हजारभन्दा बढी घर डुबानमा पर्दै ।
Sunday, August 6, 2017
Thursday, August 3, 2017
तिमी नहुदा ll नेपाली गजल
तिमी नहुदा
थाहा छैन मलाई के छ तिमीमा
थिम्रो सामु यो मन आफै बोल्छ
तिमी नहुदा यो मन जल्छ ।
किन हो किन यस्तो नाता गहिरियो
शायद अर्कै जन्मको माया दोहोरियो
तिम्रो सामु काढा फुल बन्छ
तिमि नहुदा यो मन जल्छ ।।
इच्क्षा हो त्यो सजिलै मनलाई जिती दिने
आसु हो यो जिबनको मर्म बुझी दिने
थाहा छैन मलाइ के छ तिमीमा
तिम्रो आसु सुखको आभास मिल्छ
तिमि नहुदा यो मन जल्छ ।।
एस के थारु ग्यालरी