Monday, August 28, 2017
Saturday, August 26, 2017
अट्वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना
अट्वारी ( थारु पर्व )
अट्वारी ( थारु पर्व ) सम्पूर्ण थारु समुदायमा हार्दिक सुभकामना २०७४ र तपाइ हरुहो अट्वारी सुभ र सुखमय रहोस ......
अट्वारीका ब्रतालुहरु वा घरपरिवारले शनिवारका दिन नै तालतलैयामा माछा मार्ने घोंघी वा गँगटो आदिको जोहो गर्दछन् वा मन परेको कुनै पनि चिजको जोहो गर्दछन् । राती कुखुरा बास्नु भन्दा अगावै उठेर अधरतिया। भिन्सर्या (दर) खाने गर्दछन् । यदि खाँदाखाँदै कुखुरा बास्यो भने ब्रत भंग हुन्छ, बस्न पाउँदैनन् । उनीहरु २ देखि ४ बजेभित्रै सूर्यास्त अगावै आफूलाई पायक पर्ने खोलानाला, हेण्डपम्प आदिमा नुहाउँछन्, सफासुग्घर हुन्छन् र भीमको पूजा गरि यसरी देवताका लागि राखिएको अगाडिको परिकार, देवताका लागि छुट्ट्याएको अगाडिको भोजन परिकारलाई अग्राशन भनिन्छ । सबैथोक ब्रतालु र देवताका लागि राखिसकेपछि ब्रतालुहरु आगोमा सल्लाको धूप चढाउँछन् । त्यसपछि तयार भएका सेवन गरिने सबै परिकारहरु आगोमा अलिअलि गरी चढाउँछन् । सफा जल चढाउँछन् र देवताका लागि छुट्याइएको अग्राशन अलिकति पर सार्छन् । सार्नुको मतलव भीमलाई सुम्पनु, खानका लागि बोलाउनु हो । यसरी अग्राशन सारीसकेपछि ब्रतालुहरु सेवन गर्छन् ।
थारु समुदायमा ब्रत उपवास बस्दाखेरी छुट्याइने अग्राशन चेलीबेटीलाई दिने गरिन्छ । यसको ठूलो महत्व छ । अग्राशन भनेको धर्म, पुण्यसँग सम्बन्धित बस्तु हो । देवतालाई छुट्याइएको भाग, देवतालाई चढाएको त्यो प्रसाद खाएपछि शुभ हुन्छ, कल्याण हुन्छ मनले सोंचेको कुरा पुरा हुन्छ भन्ने मान्यता अहिले पनि तीर्थालु, ब्रतालुमा छ । त्यसैले तीर्थ गएकाहरु प्रसाद लिएर आएका हुन्छन् र प्रसाद वरिपरी बितरण गर्दछन्, जसको अवमूल्यन कसैले गर्दैन। गर्नु हुँदैन भन्ने मान्यता छ ।
Sunday, August 20, 2017
अन्दिक जारको झोल //Andik jaar ko jhol
अन्दिक जारको झोल // Andik Jaar ko Jhol
अन्दिक जारको झोल // Andik Jaar ko Jhol यो एउटा चामल बाट बनाइएको पेय पद्दार्थ हो । यो जारको झोल ( छ्याङ्ग ) थारु समुदाय बढी मात्र पाइन्छ यसको स्वाद र जति खायो उति नै मिठो ................. यो छ्याङ्ग थारु समुदायमा सबै भन्दा लोकप्रिय रहेको छ ।।
Monday, August 14, 2017
थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074
थारु समुदायमा मनाउने श्री कृष्णा जन्म अष्टमी 2074
थारु समुदायका महिलाको महान पर्व भनेको कृष्णाअष्टमी अर्थात् ‘अष्टिम्की’ हो। कृष्णाअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भनिन्छ । कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले ‘अष्टिम्की’ को रुपमा व्रत उपबासका साथै उनको जीवनी चित्रनमा भित्ते चित्र कोरेर धुमधामसंग टिका, फलफूल, अर्पण तथा दीप प्रज्वलन गरि जलले मनाउँदै आएको पर्व हो । ‘अष्टिम्की’ प्राय दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले मान्ने गर्दछन ।
S KUMAR BAIDHYA
अष्टिम्की’को दिन जब साँझ पर्छ। थारु महिलाहरु विभिन्न रंङ्गीचंङ्गी राटो, कालो, निलो चोली, सेतो गुन्यु, विभिन्न घाँटीभरि गरगहना लगाएर र वलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर लाइनबद्ध गाँउभरिको महिलाहरु यसरी भित्तामा कोरिएको चित्रको सवै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्य विचमा रहेका श्री कृष्ण (कान्हा)लाई टिका लगाएर अन्य चित्रमा क्रमस सिन्दुरको टिका, कलशको जलद्धारा पूजा गरिन्छ ।
अष्टिम्की’ अघिल्लो रातमा दर खाइसकेपछि ‘अष्टिम्की’को दिन थारु महिलाहरु दिनभरि व्रत वस्छन्। त्यसैगरि अष्टिम्कीकै दिन ‘अष्टिम्की’को चित्र वनाउको लागि पुरुष मान्छे पनि व्रत वसेका हुन्छन् । अष्टिम्कीमा पूजा गर्नको लागि विभिन्न थरिको फूल, ज्यामिर, दियो बाल्नको कपासको बत्ति, माटाको दियो, सालको पातको टपरी बनाउने गर्छन यसरी चित्र बनाइसकेपछि बेलुका अर्थात साझ ७/८ वजेतिर गाँउका सवै थारु महिलाहरुले आ–आफ्नो घरबाट टपरीमा थोरै चामल, दियो, फुल, ज्यामिर, लिएर लाइबद्ध रुपमा मान्यजन अथवा समुदिक घरमा जान्छन ।।
यसरी गाँउका सवैले पूजा गरिसकेपछि सवैले आ–आफ्नो घरमा गएर दहि, फलफुल, खाइसकेपछि रातभरि सामुहिकमा अष्टिम्कीको गीत गाइन्छ । अष्टिम्कीमा गाइने गीत :
हरे पहिल छ सिर्जल जल थल धरती
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २.......
सिरीजी ट गइल हो कुशकै डाब २
सिरजी ट गैल लारी लरीचक साम
सिरजी ट गैल अन्न पुरुष
सिरजी ट गैल डाखी डरीउनक् साग २.......
यसरी रातभरि गीत गाइसकेपछि विहान ६ वजे गाँउभरिको सवै थारु महिलाहरुले आ–आफ्नो टपरीमा रहेको बलिरहेको दियो ‘दिप पज्वलन ज्यामिर, फूल लिएर लाइनबद्धमा नजिकैको खोलामा पुग्छन। खोलामा गइसकेपछि सवैले पानीमा गएर लाइन लागेर बलिरहेको दियो ‘दीप पज्वलन फूल एकसाथ वगाउने गर्छन । यसरी थारु महिलाहरुले बलिरहेका दियो ‘दीप पज्वलन’, लंगी, फूल वगाई सकेपछि सवैले नुहाई धुवाइगरि आ–आफ्नो घरमा गइ घरमा आइसकेपछि उनिहरु हिजैकै दिन जस्तै भात, तीन थरिको तरकारी, अन्य मिठा मिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकल्ने (कहार्ने) गर्छन जलसालई थारु भाषामा अग्रसान भन्ने भनिन्छ ।।
श्री कृष्णा जन्म अष्टमी खुसि का साथ मनाउने गर्छन ।।
Saturday, August 12, 2017
बाके ,बर्दिया ,कैलाली ,कंचनपुर बासिलाइ सचेत रहन आग्रह .......।।
अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले बाके बर्दिया कैलाली कंचनपुरमा घर डुबान र सप्तरीका हजारभन्दा बढी घर डुबानमा पर्दै ।
Sunday, August 6, 2017
Thursday, August 3, 2017
तिमी नहुदा ll नेपाली गजल
तिमी नहुदा
थाहा छैन मलाई के छ तिमीमा
थिम्रो सामु यो मन आफै बोल्छ
तिमी नहुदा यो मन जल्छ ।
किन हो किन यस्तो नाता गहिरियो
शायद अर्कै जन्मको माया दोहोरियो
तिम्रो सामु काढा फुल बन्छ
तिमि नहुदा यो मन जल्छ ।।
इच्क्षा हो त्यो सजिलै मनलाई जिती दिने
आसु हो यो जिबनको मर्म बुझी दिने
थाहा छैन मलाइ के छ तिमीमा
तिम्रो आसु सुखको आभास मिल्छ
तिमि नहुदा यो मन जल्छ ।।
एस के थारु ग्यालरी
Wednesday, August 2, 2017
रेणुलाई फेसबुकबाट गाली गरेको आरोपमा देवीका छोरा पक्राउ
देवी ज्ञवालीका छोरा निरव ज्ञवाली स्टाटस एक्सन का रियाक्सन सोसल मिडियामा
काठमाडौं। चर्चामा रहेको भरतपुर महानगरपालिकाका मेयर पदका एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ परेका छन् ।
भरतपुरमा पुनः मतदान हुन दुई दिन बाँकी हुँदा ज्ञवालीका छोरा निरब ज्ञवाली पक्राउ परेका हुन् ।
पितासँग मेयर पदमा प्रतिस्पर्धामा रहेकी माओवादी उम्मेदवार रेणु दाहाललाई सामाजिक संजालमार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई राजधानीबाटै प्रहरीले नियन्त्रणमा लिएको उनका पिता देवी ज्ञवाली लाइ ठुलो झट्का लागेको छ
सामाजिक संजालमा रहेको स्टाटस महिला केहि गर्न सक्दैनन् भन्ने आरोप लगाइएको छ । महिला माथि अत्याचार भएको छ ।। रेणु दाहाल र सम्पूर्ण नेपाली नारि माथि अत्याचार भो नारि माथि यस्तो स्टाटस लेख्ने निरब ज्ञवाली नारि माथि सम्मान गर्न सिख्नु पर्छ । । महिला माथि अत्याचार भएको जानकारी आएको छ ।
पालो कहिले काले को कहिले गोरेको आउँछ, समया सधै एकनास हुदैन, सामाजिक संजाल मा गालिबेइजती, अस्लिल शब्द बोल्नु जघन्या अपराध त हो !!
संकट को समयमा मा धर्य गर्नु नै आधा लडाइँ जित्नु हो। यसरी गाली नै गर्नुपर्ने के आवश्यक थियो ।
देबी ज्ञवाली जी तपाइले दिएको शिक्षा यहि हो आफ्नो छोरोलाई सभ्य बनौन नसक्ने ज्ञवाली ले के देश बनाउन सक्छ ।। भन्ने कमेन्ट आइरहेको छ ।।
Tuesday, August 1, 2017
मलेसियामा २ युवती यसरी आत्महत्या गरे
पुरा भिडियो हेर्न लिंक मा क्लिक गर्नु होस
https://youtu.be/ukY8PquNPHk
Two girl suicide in malesiya full video
मलेसियामा २ युवती यसरी आत्महत्या गरे पुरा भिडियो हेर्नु होस ।।
Thursday, July 27, 2017
रक्षा बन्धन अथवा जनैपूणिर्मा // थरुनके गुराही पर्ब हार्दिक शुभकामना
रक्षा बन्धन
आज मिति २०७४ / ४ /१३ गते रक्षा बन्धन अथवा जनैपूणिर्मा आजको दिन भाइबहिनीहरु बन्धन ब्यक्त गरि मनाइन्छ । आफ्नो भाइ सु स्वास्थ लागि लामो आयुको लागि अफ्नो भाइको हातमा बन्धन बाध्ने चलन छ । हजुरको जनैपूणिर्मा अथवा raक्षा बन्धनको हार्दिक शुभकामना .........
New Teej Song 2074 कट्टुमा बुट्टा
New Teej Song 2074 कट्टुमा बुट्टा निकै चर्चित तीज गीत
स्वर : पूर्ण कला बि सी र गोपाल नेपाल जी एम
लय सब्द : शंकर चालिसे विदेओ हेरेर प्रतिक्रिया दिनु होला ।।
Wednesday, July 26, 2017
सलाम छ यी सहयोगी हातहरु ll सुजाता गोले
सलाम छ यी सहयोगी हातहरु :
स्कुलको पढेर उनी कोठा फर्किदै थिईन् । पानी परिरहेको थियो सधैं ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन ।
पानीले भिजेकी महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गोले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन् ।
उनी सँगै कक्षाका साथीहरु पनि थिए । अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन्। हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् । ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन्। उनी पुग्नुभन्दा अघिनै भलको पानीमा अड्किएका ती मानिउस उनको ह्विलचेयरलाई चारै तिरबाट हेरिरहेका थिए। तर, कोही ढलको पानीमा छिरेका थिएनन्।
सुजाताले मन थाम्न सकिनन् उनी ढलमा जुत्ता र पाइन्ट भिजाएर पानीमा फसेका ती मानिसलाई तान्न अघि सरिन्। ढलको पानीमा ह्विलचेयरमा अड्किएका मान्छेले सुरुमा उद्धारका लागि बोलाइरहेका थिए । तर, जब सुजाता उनको नजिक पुगिन्, उनले तिमीलाई बोलाएको होइन, तिमी नआउ भन्न थाले। ‘तर मैले उहाँले भनेको कुरा मानिनँ मैले जबरजस्ती ह्विलचेयर समाएर तानें,’ गोलेले भनिन्। गोले आफूमा सानैदेखि सेवाभाव भएको बताउँछिन् ।
अरुको सेवा गर्दा आफू मर्न परेपनि परोस जस्तो लाग्छ। ‘गड’ ले हामीलाई हेल्प गर्नुहुन्छ। विद्यालयमा पढ्दैमा विद्यार्थी भइदैन। विद्यार्थी भन्ने वित्तिकै विद्यालयमा आयो। पढ्यो, हल्ला गर्यो। जाँचमा राम्रो नम्बर ल्याउदैमा विद्यार्थी बनिदैन। विद्यालयबाट दिएको ज्ञान हासिल गरेर चारित्रिक रुपमा विकास गर्नुपर्छ अनिमात्र देशभक्त बन्न सकिन्छ । सुजाता गोलेको भनाइ रहेको छ ।
अरुको सेवा गर्दा आफू मर्न परेपनि परोस जस्तो लाग्छ। ‘गड’ ले हामीलाई हेल्प गर्नुहुन्छ। विद्यालयमा पढ्दैमा विद्यार्थी भइदैन। विद्यार्थी भन्ने वित्तिकै विद्यालयमा आयो। पढ्यो, हल्ला गर्यो। जाँचमा राम्रो नम्बर ल्याउदैमा विद्यार्थी बनिदैन। विद्यालयबाट दिएको ज्ञान हासिल गरेर चारित्रिक रुपमा विकास गर्नुपर्छ अनिमात्र देशभक्त बन्न सकिन्छ । सुजाता गोलेको भनाइ रहेको छ ।
Tuesday, July 25, 2017
टिकापुर घटनाको चिरफार
टिकापुर घटनामा आधारित चिरफार नामक पुस्तक रेसम चौधरी द्वारा लिखित चिरफार पुस्तक पाइने ठाउँमा सम्पर्क गर्नु होला
बर्दिया जिल्लामा "टिकापुर घटनाको चिरफार " किताब पाउने ठाउँ र सम्पर्क ...
राजापुर न.पा. :- डि.के. पुस्तक पसल ९८५८०२७९५३ ,श्याम शराबी ९८००५३३०२७ र
स्नेह पुस्तक पसल(टपरा) ९८४८०६५२२०
गुलरिया न.पा. र बारबर्दिया न.पा.:- सत्त्यनारायण फेतारा ९८१९५६४०३७
गेरुवा गां.पा. :- ठाकुर अकेला ९८५८०३०८६२
मधुबन न.पा.:- दर्पण कुसुम्या ९८६४९७०४५०
Tuesday, July 18, 2017
मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’
security guard bravery in malaysia ll मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’
पुरा भिडियो हेर्नु होस ।।
Monday, July 17, 2017
GHODA GHODHI TAALME l घोडाघोडी तालमे
GHODA GHODHI TAALME l घोडाघोडी तालमे l THARU MOVIE SONG l Ft. RACHARAN CHAUDHARY & SANDHYA CHAUDHARY के अभिनय रहल थारु फिल्म
BATWARA के रहल गित घोडा घोडी तालमे जबसे तुहिन देख्नु CS FILMS द्वारा बनल विदेओ अबस्य
हेरबी । हेर ना छुतैबी
Sunday, July 16, 2017
सिन्की ( गुन्द्रुक )
SINKI / GUNDRUK मुलालाई काटेर बनाएर सिन्की ( गुन्द्रुक ) खानमा धेरै स्वादिलो मिठो हुन्छ । यसलाई गुन्द्रुक अथवा सिन्की भनेर चिनिन्छ । गुन्द्रुक लाइ मन नपराउने सायद बिरलै होलान गुन्द्रुक र आलु मिसाएर पकाउदा त झन् क्या मिठो खाऊ खाऊ लाग्ने गुन्द्रुक ............ ||
Thursday, July 13, 2017
बिद्या भण्डारीको १६ करोडको गाडी सपना मै सिमित हुने भयो ।
बिद्या भण्डारीको १६ करोडको गाडी सपना मै सिमित हुने भयो । हाल कतार बस्नु हुने सपना चौधरीले बिद्या भण्डारीलाई कडा जवाफ दिएकि छिन । पुरा विदेओ हेर्नु होस।।
Thursday, July 6, 2017
Ghonghi
घोंगी एक थारु समुदायको खाना रुपमा मानिन्छ | घोंगी खास गरि तलाउ नदीनाला र धनको खेतमा पाइने किरा हो । यसको आकार संखेकिरा जस्तै देखिन्छ | घोंगिलाई पानिमा उसिनेर विभिन्न मसला प्रयोग गरि बनाइएको परिकार एकदम स्वादिलो मिठो हुन्छ । घोंगी खायो भने धाद दुख्ने कम हुन्छ भन्ने मान्यता रहेको छ ।
Like facebook page
Saturday, July 1, 2017
कोरियाको लाहुरे तीज गीत २०७४
कोरियाको लाहुरे तीज गीत २०७४ कोरियाको लाहुरे स्वर: खुमन अधिकारी/राधिका हमाल लय: बिनोद बस्नेत शब्द: जितेन्द्र बानियाँ/कमल पाण्डे हेर्न नभुल्नु होला ||
Thursday, June 29, 2017
Wednesday, June 28, 2017
बर्दियामा मतदानको केहि झलकहरु
स्थानिय तह निर्वाचनको दोश्रो चरण अन्तर्गत आज भईरहेको मतदान प्रकृयामा बर्दियामा ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकामा रहेका छन्
ठाकुरबाबा नगरपालिका
ठाकुरबाबा नगरपालिका
गुलरिया नगरपालिका
Thursday, June 22, 2017
Nepal Tharu Food
Nepal Tharu Food
थारू नेपालको आदिवासी जाती हो | फरक भाषा फरक सस्क्र्ती फरक लवाई खवाई रहेको पाईएको छ ।
Dhikri : यो चामलको पिठो बाट बनाएको सबै भन्दा लोक प्रिय परिकार मध्ये धिकरी पर्दछ । यो चामलको आटा बाट ( लामो र गोलो आकारले बनाएको ) धिकरि पानिमा उसिनिएर बनाएको थारु परिकार हो । धिकरि प्राय चाडपर्ब मा बनाएर खाने चलन छ । चटनी,दाल र तरकारी खादा उपयुक्त मानिन्छ ।।
Tuesday, May 16, 2017
RUKUM ने प का माओबादी को जीत
RUKUM ने प का माओबादी को जीत रुकुम मुसिकोट नगरपालिका मा ने प का माओबादी बिजय भएको छ ।
रुकुम मुसिकोट नगरपालिका मा ने प का माओबादी बिजय मा यस्तो नारा प्रस्तुत गरेका थिए । पुरा विदेओ हेर्नु होस
रुकुम मुसिकोट नगरपालिका मा ने प का माओबादी बिजय मा यस्तो नारा प्रस्तुत गरेका थिए । पुरा विदेओ हेर्नु होस
MY FRIST BLOG SK THARU GALLERY
This is my first blog. all kind of watching tharu calture,tharu fotos,tharu videos nepali&tharu news,etc
देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला
Desh Bideshka Manoranjan ra Janakaari Mulak Khabar ko laagi aafnai Facebook Waalma herna ka laagi Haami Sabaiko Blog sk tharu gallery laai like ll share garnu hola ||
देश बिदेशका मनोरञ्जन र जानकारी मुलक खबर को लागि आफ्नै फेसबुक वालमा हेर्नका लागि हामी सबैको ब्लग sk tharu gallery लाइ like ll share गर्नु होला
Desh Bideshka Manoranjan ra Janakaari Mulak Khabar ko laagi aafnai Facebook Waalma herna ka laagi Haami Sabaiko Blog sk tharu gallery laai like ll share garnu hola ||